बाँकेमा ज्यानमारा भाइरसबाट ११ दिनमा २७ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २२:४८:५५
१२ बैशाख, बाँके । बाँकेमा ज्यानमारा कोरोना भाइरसको संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । आइतबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो ।
तथ्यांकका अनुसार वैशाख १–११ गतेसम्म सबभन्दा बढी वैशाख ११ गते ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । वैशाख १–७ गतेसम्म संक्रमण दर बढ्ने घट्ने देखिए पनि वैशाख ८ गतेदेखि वैशाख १० गतेसम्म कोरोना संक्रमण निरन्तर बढेको छ ।
वैशाख ११ गते भने संक्रमितको संख्या वैशाख १० गतेभन्दा केही कम देखिन्छ रहेको तथ्यांकमा उल्लेख छ । वैशाख ८ गते ३३६, वैशाख ९ गते ३८८ र वैशाख १० गते ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख जनाइएको छ ।
वैशाख ११ गते भने ४२९ जनामा संक्रमण पुष्टि भएको छ । वैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी वैशाख १० गते सबैभन्दा बढी ४८८ जनामा र सबैभन्दा कम वैशाख २ गते १७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार