सोमबारदेखिका सबै तहको परीक्षा तत्काल रोक्ने निर्णय
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ सोमबार ०:४९:३६
१२ बैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन्।
हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ। २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको ग्रामीण क्षेत्रमा र ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको सहरी क्षेत्रमा निषेधाज्ञा गर्नसमेत सीसीएमसी बैठकले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकमा सीसीएमसीका सिफारिसहरू पेस गरिने मन्त्री ठगुन्नाले जानकारी दिए। यसअघि नै मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ। सो अनुसार बाँकेले वैसाख १३ देखि लागू हुने गरी एक सातासम्म जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्नसमेत निषेध गरिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार