रुकुम पूर्वमा ताेकियाे चामलको कोटा
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ सोमबार १:३४:३९
१२ वैशाख, रुकुमपूर्व । रुकुम ‘पूर्व’ का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल बिक्री वितरण गर्न शुरुसमेत गरिएको छ ।
लिमिटेडले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम ‘पश्चिम’ शाखा वितरण कार्यालयमार्फत रुकुम ‘पूर्व’ मा चामल आपूर्ति भइरहेको छ ।
दुईवटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईवटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम ‘पश्चिम’ खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार रुकुम ‘पूर्व’ मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ ।
तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम ‘पश्चिम’ डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताए । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उनको भनाइ छ ।
जिल्ला मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री वितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए । तकसेरामा भने पहिलो चरणमा पुगेको चामल बिक्री भइसेकेको छ ।
ठेक्कामार्फत वितरण
रुकुम ‘पूर्व’ मा लिमिटेडको छुट्टै शाखा कार्यालय स्थापना नहुँदा ठेकेदारमार्फत चामल आपूर्तिको काम भइरहेको छ । यसपालि रुकुमकोटका लागि राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमवी बिल्डर्सले खाद्यको चामल आपूर्तिको जिम्मा पाएका थिए । जिल्लामै कार्यालय नभएपछि विकल्पका रुपमा ठेकेदारमार्फत चामल आपूर्ति र वितरणको काम गर्नुपर्ने बाध्यता भएको शाखा कार्यालय रुकुम ‘पश्चिम’ का निमित्त प्रमुख खड्काले बताए ।
रुकुम ‘पूर्व’ मै शाखा कार्यालय स्थापना गर्न पहल गरिए पनि सुनुवाइ नभएको यहाँका सरोकारवालाले बताएका छन् । ठेकेदारमार्फत खाद्यको चामल वितरण गर्दा ढुवानीदेखि लिएर बिक्री वितरणमा भने अपेक्षित रुपमा सहज नभएको उपभोक्ताहरुले बताएका छन् । रुकुम ‘पूर्व’ का लागि स्वीकृत भएको एक हजार कोटा चामल यहाँका लागि पर्याप्त भने होइन । भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै ठाउँमा सडक पुगेका छैनन् ।
अहिले खाद्यको चाम सडक सुविधा पुगेका ठाउँका नागरिकले मात्र प्रयोग गर्दै आएका छन् । सडक नपुगेका ठाउँमा खाद्यको चामल पु¥याए पनि खोडा खच्चडमार्फत ढुवानी गर्ने हुँदा महँगो पर्ने गरेको गुनासो उपभोक्तहरूको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार