प्रभु बैंकको अधिकांश सूचकमा सुधार, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १६:३४:५२
१३ बैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो। ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १८.२५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत बढेको छ भने कर्जा ३५.१२ प्रतिशत बढेको छ।
कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा १.४७ प्रतिशतविन्दु घटेर १.४८ प्रतिशत पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
साउदी नेपालसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो
बैशाख ५, २०८१ बुधबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार