८२ वर्षपछि जन्मथलो पुगे डिलानाथ
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार २१:२५:२४
१३ वैशाख,काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का डिलानाथ अधिकारी ११ वर्षका उमेरमा घर छाड्न विवश भए । आमाबुवाको निधनपछि सहाराविहीन बन्नुपर्दा उनी घर छाडी छाडे । घर छाडेको ८२ वर्षपछि अधिकारीले जन्मस्थल पुग्ने अवसर पाए । जन्मस्थल पुग्न पाउँदा उनी अहिले निकै खुशी छन् । सानो उमेरमै घर छाड्नुपरेकामा उनलाई निकै पीडा थियो । त्रियानब्बे वर्षीय अधिकारीलाई बुढ्यौली लागेपछि भने घर जाने इच्छा तीव्र भएको थियो ।
उनले धेरैलाई आफ्नो जन्मथलो पु¥याउन आग्रह गरे पनि उनको बोली सुनिदिने कोही थिएन । “राजधानीको एक घरमा ६५ वर्ष भान्छे र पुजारीको काम गरेँ”, उनले भने,“मालिकले घर पु¥याउन भन्दा मानेनन् ।” उनलाई गत वर्ष लकडाउनको बेला वीर अस्पतालको पछाडिबाट बेवारिसे अवस्थामा नवजीवन परोपकार समाजले उद्धार गरी तार्केश्वरस्थित आश्रम पु¥यायो । “हामीले उनलाई उद्धार गर्दा शारीरिक अवस्था निकै कमजोर थियो”, आश्रमका अध्यक्ष दुर्गानाथ दाहालले भने, “राम्रोसँग हेरचाह गरी पालनपोषण गरेपछि बुवाको अवस्था राम्रो हुँदै गयो ।”
स्वास्थ्यावस्था तङ्ग्रिएपछि उनले घर जाने तीव्र इच्छा व्यक्त गरेकाले आफूहरु घर पहिचान गर्नेतर्फ लागेको दाहालले बताए । “उनले रामेछापको कठजोर घर बताएका थिए”, दाहालले भने, “हामी उनको घर पहिचान गर्न सोही ठाउँमा गयौँ, उनको घर कठजोर नभई सोही ठाउँसँग जोडिएको अर्को गाउँमा रहेको पत्ता लगाउन सफल भयौँ ।”
स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठले सहयोग गरेका कारण जन्मठाउँ पत्ता लगाउन सजिलो भएको उनले बताए । अधिकारीका दाजुभाइ कोही छैनन् । उनका नाममा रहेको जग्गा पनि अर्कैका नाममा नापी भइसकेको रहेछ । अधिकारीको नागरिकता बनाउन पहल थालिएको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले बताए । नागरिकता बनाउने विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको छ । उनलाई अहिले नजीकैका दाजुभाइका घरमा राखिएको छ । अधिकारीले आश्रममै बस्ने इच्छा व्यक्त गरेकाले केही दिनपछि लिएर राखिने दाहालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार