वालिङ नगरपालिकाले दियो कृषकलाई अनुदानमा हाते ट्रयाक्टर
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार २:३७:४
१३ बैशाख, वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको नगर उपप्रमुख कल्पना तिवारीले बताए ।
परम्परागत तबरले कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनभन्दा लागत धेरै लाग्ने र झण्झटिलो पनि हुने भएकाले कृषकहरुलाई आधुनिक प्रविधि तथा यान्त्रिकीकरणको प्रयोगमा जोड दिनका लागि हाते ट्रयाक्टर वितरण गरिएको उपप्रमुख तिवारीले बताए । “पछिल्लो समय खेतबारी जोत्नका लागि गोरु नपाईने र साना तथा गराहरुमा हाते ट्रयाक्टरहरु बढी उपयोगी हुने ठानेर हाते ट्रयाक्टर वितरण गरेका हौं” उपप्रमुख तिवारीले भने, “यसको सही सदुपयोग गर्न र गाउँघरमा आलोपालो ब्यवस्थित तरिकाले सञ्चालन गर्नमा सहयोग पुग्नेमा विश्वस्त छु ।”
गत आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा आवेदन परेका कृषक समूहहरुको अनुगमनपछि छनोट गरी वितरण गरिएको कृषि अधिकृत सुभासचन्द्र अर्यालले बताए । नगरपालिकाले ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ६० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ६५ हजारमा खरिद गरिएको अधिकृत अर्यालले बताए ।
कृषकहरुको माग र आवश्यकताका आधारमा ट्रयाक्टर खरिद गरी वितरण गरिएको हो । कृषिमा आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बृद्धि गर्नुकासाथै छिटो, छरितो र सहजसमेत हुने भएकाले कृषकहरु पछिल्लो समय प्रविधितर्फ आकर्षित हुँदै गएकाले हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताए ।किसानलाई ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ३० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ३२ हजार ५०० मा उपलब्ध गराईएको हो ।
हाते ट्रयाक्टर वितरण पूर्व कृषकहरुलाई सञ्चालन गर्नेसम्बन्धी अभिमुखीकरण दिईएको थियो । एकहप्ता अगाडि पनि वडा नं. ९ ले वडाका ब्यवसायिक किसान, कृषक समूह तथा फर्महरुलाई ५० प्रतिशत अनुदानमा १७ थान हाते ट्रयाक्टर वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार