मंगलबार , जेठ ४, २०७८

गाईघाटमा अटो चालकलाई ग्लोबल आइएमई बैंकद्वारा क्युआर कोड वितरण

गाईघाटमा अटो चालकलाई ग्लोबल आइएमई बैंकद्वारा क्युआर कोड वितरण

१३ बैशाख, उदयपुर ।  ग्लोबल आइएमई बैंकको गाईघाट शाखाले सीटी सफारी यातायातबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको प्रदेश नं। १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । उनले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगदरहित कारोबार गर्नमा सहयोग गर्ने बताए ।

उक्त शाखाका प्रबन्धक रबिनराज दाहालल क्युआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम कम हुने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय