सशस्त्रमा दुई एआईजीको पदावधि एक वर्ष थप, केसी आईजीपी होलान त ?
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार ४:१२:४२
१३ बैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक ‘एआईजी’ द्धय पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्ष थप भएको छ । एआईजीको ४ वर्षे पदावधि आगामी वैशाख २० गते सकिन लागेका एआईजीद्धयको आज बसेको मन्त्रीपरिषद बैठकले एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसार आजको बैठकले उनीहरुको एक वर्ष पदावधि थप गरेको हो । सशस्त्रमा एआईजीको पदावधि ४ वर्षको हुने गर्छ । एआईजीको पदावधि ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ ।
सोही प्रवधानअनुसार उनीहरुको पदावधि थपको प्रस्ताव गृहमन्त्रालयले आजको मन्त्रीपरिषदमा लगेको थियो । यसअघि सशस्त्रका दुई डीआईजीहरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधि थप भएको थियो । यसपछि एआईजी केसी वा डीआईजी मन्दिप श्रेष्ठ बीच आईजीपीका लागि प्रतिस्पार्धा हुनेछ । एआईजी केसी १७ दिन आईजीपी हुने भएकाले उनलाई सरकारले आईजीपी नबनाएर मन्दिप श्रेष्ठलाई आईजीपी बनाउन सक्ने सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
एक करोड त्रिषठ्ठी लाखको अवैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार