यस वर्ष पर्वतका ७०० हेक्टर वन क्षेत्रमा आगलागी
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:२७:४१
१४ वैशाख,पर्वत । वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसँगै प्रवद्र्धनको मुख्य भूमिका स्थानीयवासीको हुन्छ तर पर्वतका अधिकांश वनजङ्गलमा मानवीय कारणले आगलागी भएको तथ्याङ्कले देखाएको छ । गत चैत २५ गते दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ सरौखोलाको डाँडाकाहुँमा आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर नष्ट भए । जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् ।
डिभिजन कार्यालय पर्वतले आगलागीका अधिकांश घटना मानवीय कारण भएको निष्कर्ष निकालेको छ । कार्यालयले पैयुँमा मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा मानवीय कारणले आगलागी भएको बताए पनि डढेलो लगाउनेलाई पहिचान गर्न मुस्किल हुने र प्रमाण जुटाउन समस्या हुने भएकाले कानूनी दायरामा ल्याउन गाह्रो भएको बताएको छ ।
वनजङ्गलमा आगो लगाउँदा कस्तो कानूनी कारवाही बेहोर्नुपर्छ भन्नेबारे नागरिकमा खासै जानकारी नहुँदा घटना मौलाउँदै गएको देखिन्छ । बस्ती आसपासमा नयाँ घाँस पलाउने आशले सुकेका पातपतिङ्गरमा लुकीछिपी आगो लगाउने गरिन्छ । जङ्गलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण वनजङ्गल सखाप हुने गरेको छ ।
पर्वतमा गर्मीयामसँगै जिल्लाका सामुदायिक वनमा आगलागीका घटना बढेको पाइन्छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष ५० वटा सामुदायिक वनमा आगालागी भएको छ । जलजला गाउँपालिका–८ नाग्लीवाङ, फलेवास–३ शङ्रकपोखरी, मोदी–२ र ३ को भमरकोट, चिसापानीलगायतका जङ्गलमा भीषण आगो लागेको छ । पर्वतमा यस वर्ष करिब ७०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलले गर्मी बढ्दै जाँदा आगलागीका घटना पनि बढेको बताए । पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । जिल्लाका सबै सामुदायिक वनमा अग्नि नियन्त्रणका लागि सञ्जालसहित विभिन्न समिति गठन गरे पनि जनचेतना र आगलागीबाट हुने दीर्घकालीन असरका बारेमा पर्याप्त जानकारी नहँुदा हरेक वर्ष डढेलोको प्रकोप फैलिने गरेको छ ।
मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । कार्यालय प्रमुख पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरुको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुनेबित्तिकै निभाउन जाने गरिएको बताए ।
पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई समेत तीव्रता दिएको जनाएको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई अपराधका रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार