अपाङ्गता भएकालाई जीविकोपार्जनलाई कुखुराका चल्ला वितरण
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:४७:४१
१४ वैशाख, गण्डकी । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अतिविपन्न एवं अशक्त १५ परिवारलाई कूल ३०० चल्ला वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको रु एक लाख ६० हजार आर्थिक सहयोगमा कुखुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०-२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा सङ्घका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त ९बाग्दास०ले जानकारी दिए ।
विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पलाई पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रमा कष्टकर जीवन बिताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताए। सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपाङ्गता भएका व्यक्तिलाई बीउ पूँजीअन्तर्गत कुखुराका चल्ला वितरणले आयआर्जनसहित जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागीलाई अनुरोध गरे । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङलगायतले समाजमा अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार