किसानको गोठगोठमा पुगेर भेडाकाे स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १८:१९:८
१४ वैशाख, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त क्षेत्रमा भेडाका बच्चाका मृत्युदर घटाउन सहजीकरण गर्ने उद्देश्यले गोठगोठमा पुगेर भेडाको स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा पछिल्लो समय भेडाका बच्चाको मृत्युदर बढ्दै स्वास्थ्य भेडा उत्पादनका लागि गाउँपालिका पशुसेवा शाखा कार्यालयमार्फत शिविर सञ्चालन गरिएको उनले बताए । “शिविरबाट भेडा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिनुपर्छ भनेर किसानलाई जानकारी प्रदान गरिएको छ”, अध्यक्ष भट्टले भने, “आवश्यकताअनुसार शाखामार्फत किसानलाई औषधि वितरण गरिएको छ ।”
गाउँपालिकाले ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रममार्फत शिविर सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले पालिका भित्र भेडाको उत्पादन तथा बजारीकरण, समूहगत रुपमा ऊन काट्ने मेसिन वितरण, ऊन धुने मेसिन, उन्नत चर्खा, सोलार त्रिपाललगायत वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
बारपाक क्षेत्रमा स्थानीय जातका भेडा पालन गरिँदै आएकाले सोचेजस्तो प्रतिफल प्राप्त हुन नसकेको भन्दै गाउँपालिकाले अब उन्नत जातका भेडापालन किसानलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । सङ्घीय सरकारको बजेटअन्तर्गत गाउँपालिकाले भेडाका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार