शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १९:५२:२४
१४ वैशाख, वनेपा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए।
विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा चौधरीले बताए । उनले विद्यालयले स्थानीय पाठ्यक्रमसमेत बनाएर योग शिक्षालाई सिकाइ प्रक्रियासँग जोडर अगाडि बढिरहेको अवस्थामा आयुर्वेद र योग शिक्षालाई सहकार्यको माध्यमबाट व्यवहारिक कार्यान्वयनमा सहयोग गर्ने कार्यमा सहयोग पु¥याउँदै आएको जानकारी दिए ।
वनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामीले स्वास्थ्यलाई व्यवहारिक र प्रयोगात्मक विधिलाई अवलम्वन गर्ने क्रममा शिक्षक र विद्यार्थीलाई योग अभ्याससँगै आयुर्वेद शिक्षाको ज्ञान दिलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग समन्वय गरेर काम गरेको बताए । वनेपा–२ घिमिरे गाउँस्थित स्वेतबराहा माध्यमिक विद्यालयका विद्यालय नर्स विद्या बस्नेतले विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारको कामदेखि स्वास्थ्यसम्बन्धी समस्याको परामर्श दिने काम गर्दै आएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार