बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २३:२६:४८
१४ बैशाख, काठमाडौं । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका बागलुङ घर भई काठमाडौं बस्दै आएका नारायण आचार्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’ ले जनाएको छ ।
उनलाई अदालतले १४ दिन कैद र रु २७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेको आचार्यलाई आज काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआइबीका उपनिर्देशक एव्म प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।
यस्तै उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी फरार रहेका काठमाडौंको शङ्खरापुर नगरपालिका–६ साँखुका कैलाशप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको सिआईबीले आज एक सूचना जारी गरी जनाएको छ । उनलाई अदालतले सात दिन कैद र रु ३० लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार