वालिङमा राजश्व सुधार कार्य योजना सम्बन्धी छलफल
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ बुधबार १:१८:१३
१४ वैशाख, वालिङ । वालिङ नगरपालिकामा आज राजश्व सुधार तथा कार्य योजना तर्जुमासम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा छलफल एवं अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए । नगरपालिका करको दर नभई दायरा बढाउने गरी अगाडि बढ्ने बताउदै उनले प्रगतिशील कर प्रणालीमा जोड दिईने धारणा राखे ।
“नागरिकले तिरको करको सही सदुपयोग गर्नुपर्छ भन्नेमा नगरपालिका सदैव सजग र सचेत छ” नगर प्रमुख खाँणले भने, “आफुले तिरको करलाई कुन कुन क्षेत्रमा प्रयोग गरियो भन्ने कुरा नागरिकले जान्न पाउने गरी देखिने गरी पारदर्शिता देखाउन सकेमा अझै प्रभावकारी हुने छ ।”
कार्यक्रममा उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकामा प्रदेशमै पहिलोपटक यो छलफल तथा अन्तरक्रिया सञ्चालन गर्न पाउनु निक्कै महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताइन् । उनले कर प्रणालीलाई अझै व्यस्थित र गुणस्तरीय तरिकाले सञ्चालन गर्दै हाल भएका कमी कमजोरीहरुलाई सुधारसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले करको संभावित क्षेत्र, करका क्षेत्रमा भएका असल अभ्यासहरुकाबारेमा जानकारी लिनका लागि अन्तरक्रियाको आयोजना गरिएको बताए ।
कार्यक्रममा विषय विज्ञकोरुपमा सुरेन्द्र वाग्लेले सहजीकरण गरेका थिए भने नगर प्रमुख खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन राजश्व शाखा प्रमुख पदमप्रसाद पाण्डेले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार