स्थानीय तहहरूमा धमाधम विद्यालय बन्द
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:१२:२३
१५ वैशाख, पर्वत । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ‘डिसीसिएमसी’को समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।
जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार कोरोना संक्रमण बढेका कारण विद्यालय बन्दको अवधि बढ्नसक्छ । उनले चैत १७ गतेसम्मको अवधिमा देखिने प्रभावलाई मूल्याङन गर्दै नगरपालिकाले थप निर्णय गर्ने बताए।
छिमेकी जिल्ला बागलुङमा धमाधम विद्यार्थीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जलजला गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ । वैशाख १३ गतेदेखि पालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भुर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनले पठनपाठनसँगै परीक्षासमेत स्थगन गरिएको बताए ।
पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले वैकल्पिक माध्यमवाट कक्षा सञ्चालन भइरहेको बताए । उनले विद्यालय प्रशासन खुला भए पनि विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेको बताए । फलेवास नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सम्पूर्ण विद्यालय वैशाख २१ गतेसम्म बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहादीले वैशाख २२ गतेसम्म र मोदी गाउँपालिकाले वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएका छन् ।
यता महाशिला गाउँपालिकाले भने नियमितरूपमा कक्षा सञ्चालन गरिएको बताएको छ । गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले विद्यालयमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिए । उनले आइतबारदेखि दुई चरणमा वार्षिक परीक्षा सञ्चालन गर्नेसमेत बताए । महाशिला गाउँपालिकामा कोरोनाको प्रभाव खासै नदेखिएकाले नियमितरूपमा विद्यालय सञ्चालन गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार