कैलालीमा ढल व्यवस्थापन आयोजना शुरु
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:१५:१४
१५ वैशाख,भजनी । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो ।
वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले काम शुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताए । “ढल निकासका लागि हामीले वषौँदेखि प्रक्रिया अगाडि बढाएका थियौँ । जुन आज आएर सफल भएको छ”, संस्थाका अध्यक्ष रावलले भने, “टीकापुरमा बर्सेनि वर्षात्को समयमा हुने ठूलो क्षति कम हुने छ । टीकापुरवासीको लामो समयको सपना पनि पूरा हुने भएको छ ।”
खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९।५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ । जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नं १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ । बाढीका कारण सबैभन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताए ।
रु ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टुडी कन्ट्रकशनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ । आयोजनाले दुई क्षेत्रमा काम गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए । “ढल निकास र मानव मलमूत्र व्यववस्थापन गरी दुई क्षेत्रमा काम भइरहेको छ ।” परामर्शदाता रोस्याराले भने, “दुई कार्यक्रममध्ये मानव मलमूत्र व्यवस्थापन कार्यक्रम एक वर्षमा र ढलको नाली निर्माणको काम दुई वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।” उनले सन् २०२० डिसेम्बरमा ठेकेदार कम्पनीसँग आयोजनाको सम्झौता भएको बताउँदै समयमै काम सम्पन्न हुने गरी नै काम अगाडि बढाइएको बताए ।
मानव मलमूत्रको व्यवस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्याङ्कीमा जम्मा भएको मलमूत्रलाई प्रविधिको प्रयोग गरी मल उत्पादन गरिने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । जसले प्राकृतिक पदूषणलाई रोक्नुका साथै जैविक मल उत्पादनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार