मंगलबार , जेठ ४, २०७८

तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

तनहुँको पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

१५ वैशाख,तनहुँ । तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को संक्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

त्यसैगरी ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । नित्य पूजाअर्चनाबाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना संक्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मङ्गलबारबाटै रोक्न भने पनि टाढा–टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उनले बताए । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् ।

कोरोना संक्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । । जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुरलगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्य सामग्री आयातमा हवाई ढुवानी प्रबन्ध गर्न कांग्रेसको माग स्वास्थ्य सामग्री आयातमा हवाई ढुवानी प्रबन्ध गर्न कांग्रेसको माग ६ दिन पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै ३ दिन पहिले
हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? ५ दिन पहिले
नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा २ दिन पहिले
शुक्रबारदेखि बैंकबाट निश्चित सेवामात्र प्रवाह गरिने शुक्रबारदेखि बैंकबाट निश्चित सेवामात्र प्रवाह गरिने ५ दिन पहिले
ऊनबाट बनेका सामग्रीले पाएनन् बजार ऊनबाट बनेका सामग्रीले पाएनन् बजार ४ दिन पहिले
प्रधानमन्त्री ओलीले शपथ लिदै, मन्त्रीमण्डलमा पुरानै टीमलाई निरन्तरता प्रधानमन्त्री ओलीले शपथ लिदै, मन्त्रीमण्डलमा पुरानै टीमलाई निरन्तरता ४ दिन पहिले
संसद अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना संसद अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना १ दिन पहिले