स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा ३४ प्रतिशतले घट्यो, अधिकांश सूचक नकारात्मक
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १७:४०:९
१५ बैशाख, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाए थियो । तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १८ करोड रुपैयाँ मुनाफा गरेको छ । जुन गत वर्षको तुलनामा ३४.३४ प्रतिशतले कम हो।
यस अवधिमा बैंकको ब्याज आम्दानी सञ्चालन आम्दानी लगायतका अन्य किसिमका आम्दानीहरुमा समेत गिरावट देखिएको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ३३.०८ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३४ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन नै १७ प्रतिशतभन्दा धेरैले घटेको छ। कर्जा लगानी भने १४ प्रतिशतले बढेको छ।
हाल ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ७० करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँबाट घटेर १८ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार