कोरोना कहरबीच सत्ता फेरबदल
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १७:५१:२
१५ बैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले नेपाली जनजीवन आक्रान्त बनाएको छ । भोलिबाट राजधानी काठमाडौं उपत्यका लगायत केही जिल्लामा सरकारले निषेधाज्ञा लगाएको छ । अहिले देखापरेको भाइरस विगतको भन्दा ज्यादै संक्रामक भएकाले जनजीवन अस्तव्यस्त बनेको छ ।
कोरोनाको दोस्रो लहरले सर्वसाधरण मात्र नभई राजनीतिकर्मीसमेत गम्भिर रुपमा प्रभावित बनेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओली मन्त्रिपरिषदका एक सदस्य लगायत तीनजना केन्द्रीय सदस्यसमेत संक्रमणको शिकार बनेका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराई र केन्द्रीय सदस्य विष्णु रिजालसमेत कोरोना संक्रमणको शिकार बनेका छन् ।
अहिले तीनै जना आइसोलेसनमा छन् । मन्त्री रायमाझी त छाउनीस्थित सैनिक अस्पतालमा भर्ना नै भएका छन् । उता, गण्डकी प्रदेशमा पनि तीन जना सांसद् कोरोनाबाट संक्रमित भएका छन् । आज तीनै जनाको रिपोर्ट आएको हो । हिजो मात्रै उनीहरुको स्वाव परीक्षण गरिएको थियो । तीनजना संक्रमित भएपनि उनीहरुकै कारण गण्डकी प्रदेशसभाको काम प्रभावित नहुने बताइएको छ ।
हिजो एमाले सांसद्हरुले कोरोना परीक्षण नगरी सभा चलाउन नदिएकाले यस्तो व्यवस्था गरिएको थियो । साथै, संक्रमित भएपनि सरकारविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउने सहमति हिजै भएको थियो । बरु संक्रमित भएकाले सभा हलमा बसेर नबोलेपनि मतदानमा भने भाग लिने व्यवस्था गर्ने सहमति हिजै बनेको थियो ।
उता, कोरोना महामारीकै बीच देशमा सत्ता फेरबदलको कसरत तीब्र भएको छ । गण्डकी प्रदेशमा संभवतः आजै मतदान भई नयाँ सरकार बन्ने छ । यस्तै , लुम्बिनी प्रदेशमा पनि यही बैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ । यो प्रदेशमापनि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोही प्रस्ताव उपर निर्णय गर्न प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको हो ।सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी दलका चारजनालाई मन्त्री बनाएका थिए । चारैजना अविश्वास प्रस्तावका हस्ताक्षरकर्ता हुन् ।
तत्काललाई पोखरेल सुरक्षित देखिएपनि अन्ततः जसपाले ह्विप लगाएको खण्डमा ती मन्त्रीलेसमेत सरकारविरुद्ध मतदान गर्नुपर्ने हुन्छ । या त कर्णाली प्रदेशकै नियति उनीहरुले भोग्नुपर्ने हुन सक्छ । त्यसैले लुम्बिनी प्रदेश सरकार पनि अहिले पूर्णतः सुरक्षित देखिएको छैन । प्रदेश सरकारसँगै संघीय सरकार पनि धरापमा परेको देखिन्छ । प्रधानमन्त्री केपी ओलीलाई अपदस्थ गर्न धेरैवटा शक्तिकेन्द्रले चासो देखाएको अवस्था छ । यद्यपि दक्षिणी समर्थन भने ओलीले कायमै राखेको देखिन्छ ।
त्यसैले सत्ताको साँचो बोकेको जसपाले हरियो झण्डा देखाएको छैन । तैपनि जसपाकै एउटा ठूलो हिस्सा भने ओलीको विकल्प तत्कालै खोज्नुपर्ने पक्षमा अडिग रहेको छ । उनीहरु मात्र नभई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमाले कै माधव नेपाल खेमा ओलीलाई पदमुक्त गर्ने एक सूत्रीय अभियानमा जुटेको अवस्था हो ।
नयाँ आर्थिक वर्षको वजेट नै नयाँ सरकारले ल्याउने गरी तयारी तीब्र पारिएको बुझिएको छ । यो अभियानमा जसपाको सिंगो समर्थन नरहेपनि ओलीविरुद्धको गठबन्धनमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले वातावरण बनाइरहेको देखिन्छ । यो भन्दा पनि महत्वपूर्ण भनेको माधव नेपाल पक्षको फ्लोर क्रस महत्वपूर्ण हो । सकेसम्म ओलीविरुद्ध विपक्षीहरुकै वहुमत पुगोस् भन्दै नेता नेपालले नत्र कर्णाली प्रदेशकै सिको गर्ने विश्वास दिलाएका छन् । त्यही भएर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भोलि नै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने मनस्थिति बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार