सिंगटी हाइड्रो इनर्जीको शेयरमा उच्च खरिद माग, सर्किट लेवलमा कारोबार
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:५:२
१५ बैशाख, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बुधबारबाट नेप्सेमा कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३३० रुपैयाँ पुगेको छ ।
यो दिन कम्पनीको शेयरमूल्य ३० रुपैयाँ बढेको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामै कम्पनीको शेयरमा खरिद माग उच्च रहेको छ । १२ बजेको समयसम्ममा कम्पनीको शेयरमा ५ लाख ९६ हजार कित्ता शेयरकाे खरिद माग रहेको छ ।
कम्पनीको शेयरमा उच्च शेयरखरिद माग आउदा बिक्रीकर्ता भने देखिएका छैनन् । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको थियो ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनुपर्ने व्यवस्था थियो । सोही अनुसार रेन्जको सबैभन्दा माथिल्लो विन्दुमा कारोबार खुला भएको हो ।
‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला भएको छ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार