आजदेखि वालिङका विद्यालयहरुमा पठनपाठन बन्द
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:२९:५३
१५ बैशाख, वालिङ । बुधबारदेखि वालिङ नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द हुने भएको छ । वालिङ नगरपालिका कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टरका अध्यक्ष एवं नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा मंगलबार बसेको बैठकले विश्वब्यापी महामारीकोरुपमा फैलिदै गईरहेको नयाँ भेरियन्ट कोभिड–१९ को संक्रमणको जोखिम वालिङ नगरपालिकामा पनि बढेर गएको हुँदा सोको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै अर्को सूचना नभएसम्मकालागि पठन पाठन बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमा गरिने पठन पाठन कार्य नगरी अनलाईन पठन पाठन विधिलाई सूचारु गर्न पनि बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । बैठकले मेला महोत्सव, सभा समारोह, गोष्ठि, बिबाह, ब्रतबन्ध, अन्येष्टि कार्य जस्ता सामाजिक कार्यहरु, धार्मीक एवं सांस्कृतिक कार्यहरु सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालन गर्न र पार्टी प्यालेसहरु सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर मात्रै गर्न पनि अनुरोध गरेको छ ।
कुनैपनि वडामा स्वास्थ्य संवेदनशिलता देखिएमा वडा कार्यसमितिले तत्काल बैठक बसी बचाउ अभियानका लागि आवश्यक निर्णय लिन सक्ने भएकाले सोही अनुरुप नागरिकको स्वास्थ्यप्रति उच्च सतर्कता अपनाउँदै अगाडि बढ्न पनि नगर प्रमुख खाँणले वडा अध्यक्षहरुलाई निर्देशन दिए । होटल तथा रेष्टुरेण्टहरु बिहान ८ देखि बेलुका ८ बजेसम्म जनस्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड तथा भौतिक दूरी कायम गरी सञ्चालन गर्न सकिने भएको छ । बैंक तथा बित्तीय संस्थाहरुले कार्यालयमा भीडभाड कम गर्नकालागि कर्मचारीहरुको आलोपालो प्रणालीमार्फत सेवा दिने र सेवाग्राहीलाई अनिवार्य मास्क र स्यानिटाईजरको ब्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।
यसैगरी बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न र कोभिडको लक्षण देखिएमा एन्टिजिन वा पीसीआर जाँच गर्नुपर्नेमा जोड दिएको छ । जाँचकाक्रममा सङ्क्रमण देखिएका ब्यक्तिहरुलाई नगरपालिकाको कोभिड अस्पतालमा या संस्थागत आईसोलेसनमा उपचारको ब्यवस्था गरिने नगर प्रमुख खाँणले बताए। ज्येष्ठ नागरिक, दीर्घरोगीहरुले अझै बढी सावधानी अपनाउनुपर्नेमा जोड दिंदै सम्पूर्ण नगरबासीहरुलाई अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन पनि नगर प्रमुख खाँणले अनुरोध गरे ।
कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसहरुको भीडभाड हुने खेलकुद लगायतका सबै प्रकारका कार्यक्रमहरु बन्द गरिएको प्रमुख खाँणले बताए । जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालना नगरी लापरबाहीपूर्ण ब्यवहारका कारण संक्रमण फैलिन गएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार