मेगा बैंकको गर्यो १ अर्ब ९७ करोड मुनाफा, नेटवर्थ कति ?
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १९:३३:५
१५ बैंशाख, काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणका अनुसार तेस्रो त्रैमासम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ मुनाफा गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ मुनाफा गरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष ३५.९४ प्रतिशतले बढी हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १८२.२०% ले बढेर १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ थियो । ब्याज आम्दानी २८.४२% ले बढेर ४ अर्ब ८ करोड ८२ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि ३३.३३% ले बढेर २ अर्ब ७७ करोड २ लाख ३ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४१ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार