मंगलबार , जेठ ४, २०७८

मेचीनगरमा विकासका गतिविधिले पायो तीव्रता

मेचीनगरमा विकासका गतिविधिले पायो तीव्रता

१५ वैशाख,झापा । राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए पनि सो वडामा विकट भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधारको विकास निर्माणमा पछाडि पर्दै आएको थियो । तर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि चार वर्षयता विकासका गतिविधिले तीव्रता पाएको हो ।

वडाध्यक्ष योगेन्द्र थापाले दर्जनौँ खोल्साखोल्सी र खोला भएका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण भएको बताएका छन् । वडाभित्र रहेको कूल ३३ किलोमिटर सडकमध्ये चार वर्षमा ३० किलोमिटर सडक ग्राभेल गरिएको उनले जानकारी दिए । “मेचीनगरको विकट भूगोल र दर्जनौँ खोल्साखोल्सीका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण थियो”, वडाध्यक्ष थापाले भने, “जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि हामीले सडक सञ्जाल विस्तार, खानेपानीको सुविधा र विद्युतीकरणमा प्राथमिकता दिएका छौँ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वडामा तीन किलोमिटर सडक कालोपत्र भएको छ । ग्राभेल भइसकेका सडकमा यस वर्षदेखि धमाधम कालोपत्र गरिने उनको भनाइ छ । वडाले ठूलो बजेट पुलपुलेसामै खर्चनु परेको छ । गत आर्थिक वर्ष अँधेरी खोला, घैलाडुब्बा खोला, अम्लिसे र आङ्देम्बे खोल्सीमा पक्की पुल निर्माण भएको छ । सडक निर्माण क्रममा विभिन्न क्षेत्रमा नौवटा कल्भर्टसमेत निर्माण भएका छन् ।

वडाले आफ्नै बजेटबाट कालोपत्र सडक निर्माण शुरु गरेको हो । सुरेन्द्रनगर मार्गको पीपल डाँडादेखि दोकान डाँडासम्मको तीन किमी सडकमा कालोपत्र निर्माण गर्न वडाकै बजेट खर्चिएको वडाध्यक्ष थापाले बताए । वडाका सबै मुख्य सडक कालोपत्र गर्ने वडाको योजना छ । सो वडाका यसै वर्षदेखि सबै टोलमा बिजुली बत्ती उपलब्ध गराइसकिएको वडाका सचिव येशु लिम्बूले बताए । बिजुली बत्तीको पहुँच नपुगेका क्षेत्रमा वडावासीलाई सोलार बत्ती वितरण गरिएको वडाका सचिव लिम्बूले जानकारी दिए ।

केही वर्ष अघिसम्म खानेपानीको सङ्कट व्यहोर्दै आएका वडावासीले जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि समस्याबाट मुक्ति पाएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सेवा विस्तार गरी वडावासी सबैको घरमा शुद्ध खानेपानी वितरण गरिरहेको छ ।

वडामै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रको सेवाको गुणस्तर राम्रो भएकाले वडावासीले सामान्य प्रकारका रोगको उपचारका लािग बाहिर धाउनुपर्ने बाध्यता हटेकोे स्वास्थ्य केन्द्रकी प्रमुख धनकुमारी राई बताउनुहुन्छ ।

नगरपालिकाले सबै वडालाई वार्षिक रुपमा रु एक करोड पूर्वाधार विकासको बजेट दिँदै आएको थियो । यसपालि त्यसलाई वृद्धि गरेर रु डेढ करोड पु¥याइएको कारण विकास निर्माणका कार्य अझ तीव्र हुने अपेक्षा गरिएको छ । कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा विकास गर्न वडाले वडावासीसँग साझेदारीको नीति अवलम्बन गरेको छ । “गाउँमा सिंहदरबारको सुविधा पु¥याउने वाचा गरेका थियौँ”, वडाका अध्यक्ष थापा भन्नुहुन्छ, “भौतिक पूर्वाधारको विकास पहिलो आवश्यकता हो भन्ने ठानेर इमानदारीका साथ काम गरेका छौँ । सुशासन र दिगो विकासमा नमूना प्रस्तुत गरेका छौं ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि २३ घण्टा पहिले
निर्धन उत्थानले बिहीबारदेखि संस्थापक शेयर लिलामी बिक्री गर्ने, शेयरमूल्य कति ? निर्धन उत्थानले बिहीबारदेखि संस्थापक शेयर लिलामी बिक्री गर्ने, शेयरमूल्य कति ? २ घण्टा पहिले
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह २१ घण्टा पहिले
कोरोनाबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको ज्यान गयाे कोरोनाबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको ज्यान गयाे २ घण्टा पहिले
सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि १८ घण्टा पहिले
बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! ८ मिनेट पहिले
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह २३ घण्टा पहिले
कोरोनाबाट चितवनमा ११ संक्रमितको मृत्यु कोरोनाबाट चितवनमा ११ संक्रमितको मृत्यु २३ घण्टा पहिले