बुर्किना फासोमा तीन जना युरोपेली पत्रकारको हत्या
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २०:८:७
१५ बैशाख,औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् ।
हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एक जना आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो ।
बुर्किना फासोका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी तीन जना पत्रकारको हत्या भएको र एक जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएको छ ।
फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु छ जना घाइते भएका छन् । बुर्किना फासोका एक जना वरिष्ट सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरुको हत्या गरेको पुष्टि गर्नुभयो । ती पत्रकारहरु रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए ।
यद्यपी ती अधिकारीले आक्रमणकारी कुन समूहसँग आबद्ध थिए भन्ने केही बताएको छैन । सुरक्षा स्रोतका अनुसार, आक्रमणकारीले दुई वटा पिकअप सवारी साधन र एक दर्जनजति मोटरसाइकल प्रयोग गरेका थिए ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो मुलुकका दुई पत्रकारको हत्या भएको पुष्टि गरे । उनले ट्वीट गर्दै हत्या गरिएका स्पेनिस पत्रकारहरुमा डेभिड बेरियान र रोबर्टो फ्राइल रहेको जानकारी दिए ।
विश्वकै गरिब राष्ट्र बुर्किना फासोमा इस्लामिक अतिवादी समूहले सरकारी फौजमाथि आक्रमण गर्ने गरेका छन् । उनीहरु सन् २०१५ मा छिमेकी मुलुक मालीबाट बुर्किना फासोमा प्रवेश गरेका थिए ।
अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध समेतका जिहादी समूहहरुले बुर्किना फासोमा आक्रमणका घटना बढाउँदै लगेका छन् । करिब एघार सय व्यक्ति मारिएका छन् भने १० लाखभन्दा बढी मानिस घर छाडेर अन्यत्र पलायन भएका छन् ।
रिपोर्टर्स विदाउट बोर्डर्सका महासचिव क्रिस्टोफ डिलोएर आक्रमणको घटनाप्रति रोश प्रकट गरेको छ । उनले शाहेल क्षेत्रमा पत्रकार निकै असुरक्षित रहेको पछिल्लो घटनाले पुष्टि गरेको छ भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार