जनमोर्चाका सांसद गायब ?
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २२:१२:५७
१५ बैशाख, पोखरा । गण्डकी प्रदेश सरकारविरुद्ध आज हुने मतदानमा निर्णायक मत रहेको राष्ट्रिय जनमोर्चा नेपालका एक सांसद अनुपस्थित भएका छन् । मतदानको अन्तिम तयारी भइरहेका बेला जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी दलले अविश्वास प्रस्ताव दर्ता गरेपनि आवश्यक बहुमत छैन । ६० सदस्यीय प्रदेशसभामा यी तीन दलको मात्र २८ मत रहेको छ ।
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पास हुन कम्तिमा ३१ मत आवश्यक पर्छ । अपुग मत राष्ट्रिय जनमोर्चा नेपालका तीन सदस्यबाट पूर्ति हुने अवस्था छ । जनमोर्चाले एमाले नेतृत्वको सरकारविरुद्ध मत दिने निर्णय गरिसकेको छ । त्यसैले शाहीको मत निर्णायक अवस्थामा रहेको छ ।
मतदानको तयारी चलिरहेका बेला अनुपस्थित सांसद शाहीलाई तारन्तार फोन गर्दा स्वीच अफ भएको अवस्था रहेको छ । त्यसैले अब मतदान भयो भने सरकार नढल्ने परिस्थिति निर्माण भएको छ ।
अर्का एक सांसद राजीव गुरुङ ( दीपक मनाङे ) ले पनि अविश्वासको पक्षमा मत दिने बताएका थिए । तर उनी पनि अहिले सभामा उपस्थित छैनन् । यसमा सत्ता पक्षको गडबडी रहेको विपक्षीहरुको धारणा छ । आजै मतदान गर्ने हो भने अनुपस्थित सांसद्लाई खोज्नै पर्ने बाध्यता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार