ट्रम्पका निजी वकिल जुलियानीको घरमा एफबीआईकाे छापा
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १३:३८:२६
१६ बैशाख, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी जुलियानीको घरमा सङ्घीय जाँच ब्यूरो एफबीआईले छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घरमा एफबीआईले छापा मारेको हो ।
बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा पनि छापा मारेर विद्युतीय उपकरणसहितका सामग्री जफत गरेको न्युयोर्क टाइम्सले जनाएको छ । सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएको आरोपित गतिविधिमा जुलियानीको संलग्नता छानबिन थालेको बीबीसीले जनाएको छ ।
ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई पहिलो पटक महाभियोग लगाइएको थियो। यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका जो बाइडेनका छोरा र बाइडेनलाई अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको आरोप लगाइएको छ ।
ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले पनि जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन मुख्य भूमिका खेलेको आरोप लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार