शनिबार , जेठ १, २०७८

सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोडको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोडको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

१६ बैशाख, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकलाई को १० वर्ष अवधिको ७५ करोड रुपैयाँको बराबरको ऋणपत्र ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको १ हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिबेञ्चर निष्कासन गर्न अनुमति पाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५ प्रतिशत अर्थात् १५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको समे) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।

बैंकको ऋणपत्र निष्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने डिबेञ्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ४ घण्टा पहिले
ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ५ घण्टा पहिले
कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै २ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद १० घण्टा पहिले
कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र ९ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १६ घण्टा पहिले
सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह ५ घण्टा पहिले
परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस १६ घण्टा पहिले