निर्यातजन्य वस्तु अत्यावश्यकको सूचिमा राख्न माग
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:१३:५२
१६ वैशाख,काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ ।
गण्डकी प्रदेशसभा सदस्य रहेका अध्यक्ष गुरुङले महासंघले तीनै तहका सरकारलाई कोभिड–१९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रहसमेत गरेको जनाए । महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी नगुम्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्ने सहज वातावरण बनाउन पनि माग गरेको छ । दैनिक उपभोग्य सामग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग र महत्वपूर्ण परियोजना सञ्चालनमा रोक नलगाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।
साथै ती उद्योगबाट उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, बिक्री, स्वदेशमै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउन र निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार