डोटीमा स्थानीय तहले तयारी नगर्दा संक्रमण बढ्दो
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:५९:४३
१६ वैशाख, डोटी । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा उपचारको तयारी प्रभावकारीरूपमा तयारी हुन नसक्दा अन्योलता सिर्जना भएको छ । भारतबाट फर्किएका ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको ज्यान गइसकेको छ । जिल्लामा दैनिकरूपमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको भए पनि यहाँका स्थानीय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागि खासै पहल नचालेका कारण समस्या उत्पन्न भएको स्थानीयवासीको आरोप छ ।
दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना संक्रमणदर फैलिँदै गएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सुरज विकले बताए । उनले भने, “कोरोना नियन्त्रण तथा रोकथामका लागि यहाँका स्थानीय तहले यो वर्ष खासै चासो देखाएनन्, जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ, जसले गर्दा महामारीको रुप लिन सक्छ ।”
दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए । उनले भने, “जिल्ला बाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेका छैनन्, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गारो भएको छ ।” जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।
“भारतबाट आएकालाई केही दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै गाली गर्छन्, हामीले त नसक्ने भयौँ, सरकारीस्तरबाट कुनै प्रयास देखिएन”, दिपायल सिलगढी नगरपालिका–१ तीखागाउँका स्थानीयवासी देवेन्द्र खड्काले भने, “भारतबाट आएका नागरिक गाउँगाउँ डुल्दैछन्, हामीले भन्दा मान्दैनन्, उनीहरूलाई कसले होम क्वारेन्टिनमा राख्ने यही समस्याले पिरोलेको छ ।”
उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाउन सबै स्थानीय तहलाई आग्रह गरिएको बताए । उनले भने, “लकडाउन नै कोरोना समस्याको समाधान होइन, सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।”
अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना संक्रमण रोकथाम तथा उपचारका नाममा डोटी जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनाको अवधिमा करिब रु १२ करोड खर्च गरेका थिए । तत्कालीन समयमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार