गण्डकी प्रदेश: नेपाली राजनीतिमा फेरि मुसा प्रवृत्ति
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २०:३४:१०
१६ बैशाख, काठमाडाैं । कुनैबेला पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भनेका थिए–नेपाली राजनीतिमा मुसा प्रवृत्ति झाँग्गिएको छ । उनले मुसा प्रवृत्ति भनेर आफ्नै क्याबिनेटमा रहेका एकजना मन्त्री कमल थापाप्रति व्यङ्ग गरेका थिए ।
संसदीय प्रजातन्त्रको हुर्मत लिन तत्कालिन एमालेले तिनै चन्दलाई प्रधानमन्त्री बनाएको थियो । मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार ढलेपछि नेपाली कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनाएको थियो ।
देउवा सरकार नेपाली कांग्रेसकै दुई जना सांसदकाे अनुपस्थितिले ढलेको थियो । त्यसपछि एमालेले चन्दलाई शिखण्डी बनाएर सरकार बनाएको थियो । त्यही सरकारमा रहेका चन्दकै प्रियजन कमल थापले फेरि चन्दविरुद्ध आएको अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने अवस्था निर्माण भएको थियो ।
संसद्मा बढो भावुक भएर चन्दले भनेका थिए–दुर्भाग्य एउटा मुसाले नै जहाजमा दुलो पारेर सबैलाई डुबाउँदैछ । एमाले समर्थनमा बनेको सरकारका नेता चन्द आफ्नै कारण थला परेका थिए । मन्त्रीकै पदमा आसिन रहेकै अवस्थामा थापाले चन्द विरुद्धको अविश्वास प्रस्तावमा मतदान गरेका थिए । यो भन्दा विचित्रको अवस्था राजनीतिमा अरु के पो आउला र ?
त्यही बेलादेखि नेपाली राजनीतिमा लोभलालच र अनैतिकताको नयाँ कीर्तिमान कायम भयो । त्यसैको निरन्तरताका रुपमा पछिल्लो अवस्था देखियो–गण्डकी प्रदेशमा । गण्डकी प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने अन्तिम तयारी भइरहेका बेला फेरि घुणित खेल खेलियो ।
राष्ट्रिय जनमोर्चाका एकजना सदस्य खिमविक्रम शाही एकाएक वेपत्ता भए । मतदान गर्ने बेला उनी अनुपस्थित भएकाले खैलाबैला भयो । खोजीनीति गर्दा कतै पत्ता नलागेपछि जनमोर्चा कै सांसद पियारी थापाले ज्यान फेला नपारेसम्म प्रदेशसभा स्थगन गर्न निवेदन नै दिइन् । सोही बमोजिम सभामुखले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । पछि बुझ्दै जाँदा सांसद शाही अस्पताल भर्ना भएको पाइयो ।
गण्डकी प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावमा एकजना पनि तलमाथि हुँदा फरक परिस्थिति बन्ने अवस्था छ । जनमोर्चाका तीनै जना सदस्यले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्दा मात्रै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने अवस्था रहेको छ । यहाँ सत्ता जोगाउन एमालेले षडयन्त्र गरेको आशंका गरिएको छ । हुन त आफ्ना पक्षका सांसद्हरुलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दुई दिन अगाडिबाटै बेग्लै रिसोर्टमा बन्दी बनाएका थिए । त्यो पनि विगतको संसदीय अभ्यासकै विकृत्तिको पुनरावृत्ति हो ।
कसैलाई आफ्ना सांसद्प्रति विश्वास रहेन । कांग्रेस, एमाले र माओवादी त नैतिकताको आलोकमा धेरैपटक फेल भएकै पात्र परे । तर जनमोर्चाको राजनीतिमा रहेकाहरु समेत कता कता त्यही पथमा लागेको देख्दा नेपाली राजनीति एकै बाटो र गन्तव्यतर्फ उन्मुख रहेको संकेत समेत गरेको छ । केन्द्रमा जनमोर्चाले गरेको निर्णय खिलाफ एउटा सांसद्ले यस्तो दुस्साहस गर्नु आफैंमा उदेकलाग्दो घटना हो ।
यद्यपि यो घटनाको सत्यतथ्य अझै सार्वजनिक भइसकेको छैन । अपरहरण वा ब्ल्याकमेलिङ वा प्रलोभन जे भएपनि सांसद शाही अनुपस्थितिको एउटा कारण पक्कै हो । एकै दिन एउटै व्यक्तिको कोरोना परीक्षणको रिपार्ट फरक आउने भन्ने कुरा अनौठो मात्र नभएर उदेकलाग्दो समेत हो । यहाँ केही न केही प्रपञ्च रचिएको बुझ्न सकिन्छ । साँच्चै भन्ने हो भने अहिले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।
नैतिकताकै आधारमा प्रदेश सरकारले राजीनामा दिंदा हुन्छ । तर नेपाली राजनीतिमा नैतिकताको कुरा गर्नु हाँस्यास्पद हुने छ । उल्टै सरकार टिकाउन विभिन्न तिकडम रच्न उद्यत् देखिएको छ सरकार । त्यसैको एउटा विदूप रुप हो सांसद शाही प्रकरण । दुुई तिहाईको सरकार समेत टिकाउन नसक्नेहरु यसरी सत्ताको लागि जस्तोसुकै तिकडम गर्न हौसिएकाले नेपाली राजनीतिले फेरि जालझेलकै नियति भोग्ने निश्चित देखिएको छ ।
यस्तै विकृत्त रुप लुम्बिनी र कर्णाली प्रदेशमा समेत देखिएको छ । लुम्बिनीमा प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकै सांसद्हरु उही दिन मन्त्री बन्न लाज मान्दैनन् । त्यस्तै सरकारविरुद्धको मतदानमा फ्लोर क्रस गरेर कर्णालीमा मन्त्री पद खानेहरुले पनि नयाँ परिभाषा तयार गरेका छन् । यही अवस्था संघीय सरकारमा समेत देखिने अवस्था रहेको छ । यी प्रकरणले नेपाली राजनीतिलाई फेरि पुरानै प्रवृत्ति र संस्कृतितिर धकेल्ने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार