बेपत्ता सांसदबारे छानविन गर्न समिति गठन
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १९:३८:३१
१६ बैशाख, पोखरा । हिजो एकाएक बेपत्ता बनेका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीको बारेमा यथार्थ बुझ्न पार्टीले छानविन समिति गठन गरेको छ । दिउँसो २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही एकाएक वेपत्ता र पछि अस्पताल भर्ना भएको पाइएको घटना शंकास्पद भएको भन्दै पार्टीले समिति गठन गरेको हो ।
पार्टी महासचिव मनोज भट्टको संयोजकत्वमा गठन भएको समितिले एक साता भित्रै रिपोर्ट बुझाउने छ । हिजो नै प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदानको तयारी चलिरहेका बेला सांसद शाही एकाएक बेपत्ता भएका थिए ।
दिउँसो २ बजेसम्म पार्टी संयन्त्रसँग सम्पर्कमा रहेका शाही पछि कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालको स्वीट रुममा फेला परेका थिए । एउटै दिन उनको दुई ठाउँमा गरिएको परीक्षणमा फरक फरक रिपोर्ट आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार