ओली र देउवाको साँठगाँठः पौडेल
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २०:५२:२३
१६ बैशाख, काठमाडौं । नेपाली राजनीतिमा बढ्दो विकृत्ति र विचलनप्रति कटाक्ष गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका छन्–विचित्रको अवस्था छ, पार्टी सभापति नै एमालेको पक्षमा । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ, तर सभापति भने आलटाल गर्दैछन् । के हो यो ? पार्टी निर्णय गरेपछि किन आलटाल – उनको प्रश्न छ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले ओलीलाई हटाउन सभापति शेरबहादुर देउवाले तदारुकता नदेखाएकोमा खिन्नता प्रकट गरेका छन् । फागुन ११ गते सर्वाेच्चले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गरेको भए अहिले परिस्थिति अर्कै भइसक्थ्यो, तर सभापतिले के जोखाना हेरेको हो बुझिएन , नेतृत्व गर्ने कांग्रेसको सेवा गर्ने ओलीको ? यो भएन – नेता पौडेलले खरो गरी भने ।
त्यस्तो थियो भने पार्टीमा ओली हटाउने निर्णय गर्नु हुने थिएन भन्दै पौडेलले वहुमत त देउवाकै थियो नि तर निर्णय त भयो , अब किन कार्यान्वयन नगर्ने? भन्ने प्रश्न उठाए ।अर्काे प्रसंगमा नेता पौडेलले सर्वाेच्च अदालतले प्रधानमन्त्रीको निर्णय बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा गरिसक्नुपथ्र्याे, तर सामान्य नैतिकतासमेत पालना भएन भन्दै अब संविधान र प्रजातन्त्रको रक्षाका लागि भएपनि ओलीलाई बिदाबारी गर्नैपर्ने धारणा राखे ।
यस्तो नकचरोपन पनि हुन्छ? लाजमर्दाे अवस्थामा पनि कुर्सीमा टाँस्सिने प्रवृत्ति गलत हो – उनले भने । ओलीले नै गण्डकी प्रदेशमा समेत तमासा गरेको उनको आरोप थियाृे । यस प्रसंगमा ओलीले भने–सरकार जोगाउन त्यो हदसम्मको घृणित काम गरिएको छ । साथै, जनमोर्चाले पनि हिजो बेपत्ता बनेका सांसद् खिमविक्रम शाहीलाई तत्कालै हटाउनुपर्ने माग उनले राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार