कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका बन्द
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २३:२७:३
१६ वैशाख,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।
गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यालयबाट प्रवाह हुँदै आएको स्वास्थ्यलगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए ।
कर्मचारीहरुको स्वाब परीक्षणका क्रममा बुधबार उनीहरुमा संक्रमण पुष्टि भएपछि आजदेखि वैशाख १९ गतेसम्मका लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको मल्लले बताए ।
पालिकाको अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववतरुपमा सञ्चालन गरिने मल्लको भनाइ छ । जिल्लामा समेत दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररुपमा बढेको भन्दै गाउँपालिकाले सङ्क्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार