मंगलबार , जेठ ४, २०७८

सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य कार्यालयमा डिजिटल डिस्प्ले बोर्ड जडान

सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य कार्यालयमा डिजिटल डिस्प्ले बोर्ड जडान

१६ वैशाख, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न शुरु गरेको छ ।

बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने, बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको बैंकले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई स्तरीय बैंकिङ्ग सेवा दिंदै आइरहेको जानकारी गराउन चाहन्छौं । सोही क्रममा हालको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ग्राहकको बैंकिङ्ग सेवालाई अझ प्रभावकारी तथा निरन्तरता प्रदान गर्न विगतमा झै बैंकले डीजीटल बैंकिङको स्तरोन्नति गर्दै अब्बल सेवा प्रदान गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना २३ घण्टा पहिले
भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा १८ घण्टा पहिले
बजेटअधिवेशन कि विश्वासको मत लिन विशेष अधिवेशन दोधारमा प्रधानमन्त्री बजेटअधिवेशन कि विश्वासको मत लिन विशेष अधिवेशन दोधारमा प्रधानमन्त्री ३ घण्टा पहिले
टेर स्टेगेनले युरोकप फुटबल गुमाउने टेर स्टेगेनले युरोकप फुटबल गुमाउने १३ घण्टा पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य १ घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! ६० मिनेट पहिले
नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् २० घण्टा पहिले
माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री २३ घण्टा पहिले