चक्रपथ बनाउँदै बौदीकाली गाउँपालिका
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ शुक्रबार ०:५:३१
१६ वैशाख,कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकाले चक्रपथ निर्माण अगाडि बढाएको छ । गाउँपालिकाका सबै ६ वटा वडालाई छुने गरी चक्रपथ बनाउन लागिएको हो ।
गाउँपालिका केन्द्र पूर्वपश्चिम राजमार्गबाट करीब ४५ किलोमिटर उत्तर पर्छ । कालीगण्डकी नदी किनारमा पर्ने यो गाउँपालिका पाल्पा र तनहुँसँग सिमाना जोडिएको छ ।
पहाडी क्षेत्रमा सडक पूर्वाधारविना अन्य विकासको सम्भावना नहुने भएपछि महत्वाकाङ्क्षी योजनाका रुपमा चक्रपथ बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताए । सबै वडालाई चक्रपथमा समेटी गाउँपालिकाको कार्यालयसम्म सबैको सहज पहुँचका लागि यो योजना अगाडि बढाइएको जनाइएको छ ।
चक्रपथ निर्माणपछि सबै वडाको सहज पहुँच गाउँपालिकाको केन्द्र डेढगाउँसँग हुने र यसले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा लिन स्थानीयवासीलाई सहजता मिल्ने उनले बताए । निर्माणाधीन चक्रपथले माइतीघाट, चारघरे, बबक, नरम, रुचाङ, सिउन हुँदै डेढगाउँलाई जोड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । करीब ५२ किलोमिटर लम्बाइको चक्रपथ निर्माणका लागि साधारण मार्ग खोल्ने काम सकिएको तथा अहिले घुम्ती सुधार र स्तरोन्नतिको काम चलिरहेको उनले बताए । प्रदेश र सङ्घसंँगको समन्वयमा चालु आर्थिक वर्षमा रु ८० लाख बराबरको काम हुँदै गरेको जनाइएको छ ।
यसबाट विभिन्न वडामा उत्पादन हुने कृषिजन्य उपजलाई बजारीकरणमा समेत सहयोग पुग्ने छ । ‘चक्रपथ निर्माणले केन्द्रका रुपमा रहेको डेढगाउँलाई सहज रुपमा जोड्ने काम त गर्छ नै’, सुवेदीले भने, ‘हरेक वडामा उत्पादन हुने कृषिजन्य उपलाई बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
चक्रपथको स्तरोन्नति गर्दै क्रमशः केही क्षेत्रमा कालोपत्रे गर्ने योजनासमेत रहेको सुवेदीले बताए । प्रदेश, सङ्घसंँगको समन्वयमा गाउँपालिकाले सडकको अवस्था सुधार गर्दै निकट भविष्यमा कालोपत्रे गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार