मंगलबार , जेठ ४, २०७८

सप्तकोशी डेभलपमेन्ट बैंकको मुनाफा संगै प्रतिशेयर आम्दानी पनि घट्यो

सप्तकोशी डेभलपमेन्ट बैंकको मुनाफा संगै प्रतिशेयर आम्दानी पनि घट्यो

१७ बैशाख, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुनाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वषको तेस्रो त्रैमासम्ममा ५ करोड २३ लाख रुपैयाँ मुनाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ४ करोड २५ लाख रुपैयाँ मु नाफा गरेको छ। जुन गत वर्षको तुलनामा १८.६५ प्रतिशतले कम हो। बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा उसको मुनाफा घटेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकको खुद ब्याज आम्दानी ४ प्रतिशतले घटेर १६ करोड ८ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १७ प्रतिशतले घटेको छ। ८३ करोड ४३ लाख चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँबाट घटेर ६ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ।

यस अवधिमा बैंकको निक्षेप संकलन २३ प्रतिशतले बढेको छ भने कर्जा लगानी ३७ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा १.६५ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय