ओली हटाउने प्रचण्डको प्रयास फितलो
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १८:७:१७
१७ बैशाख, काठमाडौं । केपी ओली नेतृत्वको सरकार तत्कालै बदल्ने अभियानलाई तीब्रता दिंदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब भने थाकेका छन् । पार्टी विभाजनपछि उनको एउटै मात्र लक्ष्य र उद्येश्य थियो–केपी ओली हटाउ । यसका लागि उनले सकेसम्मको बल र वुद्धि खर्चिए । तर नतिजा शून्य । पहिला त ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न दबाब थिए । ओली जस्तो जब्बर नेताले राजीनामा दिने कुराको कल्पना गर्नु नै मूर्खता थियो । तै बल गरे प्रचण्डले । पार लागेन ।
त्यसपछि प्रचण्डको ध्याउन्न ओली सरकारलाई दिंदै आएको समर्थन फिर्ता गर्नुेतिर केन्द्रित भयो । तत्कालै ओली सरकारलाई दिइरहेको समर्थन फिर्ता गर्न उनी हौसिए । यसो गर्दा उल्टो आफैंलाई प्रहार हुने अवस्था देखियो । सरकार अल्पमतमा पर्ने वित्तिकै ३० दिन भित्र विश्सावको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओलीलाई समर्थन गर्न अरु दल तयार हुने अवस्था छैन । त्यसको लाभ फेरि पनि ओलीलाई नै मिल्ने भयो । अल्पमतको सरकार बनाएर फेरि संसद् विघटन गर्न ओलीलाई सहज हुने वातावरण तयार हुने बुझेपछि प्रचण्ड हच्किए । त्यो अवस्था कायमै छ ।
ओलीलाई पदमुक्त गर्न उनले धेरैसँग मन्त्रणा गरे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने काम जारी नै राखेका छन् । तर सत्ताको साँचो बोकेको जनता समाजवादी दल भित्रको रडाकोले त्यो सम्भावना टर्दै गएको छ । राजपा भित्रको वहुमत ओलीको विकल्प खोज्न तयारै भएपनि महन्थ ठाकुर र राजेन्द्र महतोहरु भने विपक्षमा देखिए । त्यसैले देउवाले फेरि पनि आँट गरेनन् । पार्टीमा भने ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भनी गरिएको निर्णय कार्यान्वयनमा देउवा उदासिन बनेका छन् । उनको डर एउटै छ – नजित्ने खेल किन पो खेल्नु ?
जसपाले समर्थन नगरेसम्म ओली सरकार ढाल्न असम्भव रहेको उनको बुझाई हो । त्यो अवस्था देखिंदैन । त्यसैले देउवाको सुस्तता र ढिलासुस्ती कायमै रह्यो । यसैबीच कर्णाली प्रदेशमा एमालेका माधवकुमार नेपाल पक्षका चार जना सांसद्ले फ्लोर नै क्रस गरेपछि भने देउवा हौसिएका थिए । किनभने उनलाई उस्तै परे संघीय सरकारविरुद्ध अविश्वास प्रस्ताव आए कर्णालीकै अवस्था दोहरिने विश्वास प्राप्त भएको थियो । यस्तो आश्वासन स्वयं माधवकुमार नेपालले दिलाएको राजनीतिक वृत्तमा हल्ला छ ।
यो अवस्था बुझेरै प्रधानमन्त्री ओलीले नेपाल पक्षीय २७ जना सांसद्हरुलाई पदमुक्त गर्न स्पष्टीकरण नै सोधे । यो परिवेशमा देउवाले थोरै भएपनि भरोशा दिलाएका थिए प्रचण्डलाई । तर जसपाको सग्लो निर्णय नआएपछि देउवा फेरि हच्किएका छन् । जसपाका कतिपय माग ओली सरकारले पूरा गर्ने लक्षण देखायो । आफैंले झुठ्ठा मुद्धा लगाएर फसाएका मधेसी नेता कार्यकर्ताको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । यसले ठाकुर – महतो पक्षलाई हौसाएको छ । तर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने अझै सन्तुष्ट छैन ।
यो मुद्धामा छलफल गर्न चाहने नेताहरुको कुरा पनि अध्यक्ष ठाकुर सुुन्न तयार छैनन् । जसले गर्दा जसपा भित्र चरम अविश्वासको राजनीति मौलाएको छ । यो राजनीतिक खिचातानीले जसपा फेरि नयाँ चरणमा प्रवेश गरेको छ । गएको साता लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलका साथ लागेर जसपाका चार जना सांसद्ले हस्ताक्षर गरे । त्यही दिन मन्त्री बन्न हतारिए । यस्तो विकृत्त राजनीतिलाई बढावा दिने सांसद्हरुलाई हिजो पदमुक्त गरियो । तर महन्थ ठाकुर पक्षले भने त्यसलाई अस्वीकार गरेको छ । उपेन्द्र यादवले एकपक्षीय रुपमा यस्तो निर्णय लिएको भन्दै ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाएका छन् । तर सभामुखले भने चारैजनालाई हिजै पदमुक्त गरिसकेका छन् । पदमुक्त भएकाहरु अब अदालत जाने भएका छन् ।
यस्तो चरम अविश्वासका बीच जसपाको सहयात्रा कति टिक्ला ? गाह्रो छ । एक वर्ष अघि मात्रै केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर तत्कालीन समाजवादी पार्टी विभाजनको बीज रोपेका थिए । तर त्यसलाई अवसरका रुपमा दुबै मधेस केन्द्रित दलले एकीकरणको बाटो रोजेका थिए । त्यो एकता अब टिक्ने अवस्था गुमेको छ । ओली सरकारलाई हेर्ने दृष्टिकोण नै अलग भएकाले अब यो पार्टी सग्लो रहने अवस्था अहिले देखिंदैन । यद्यपि त्यसको छिनोफानो तत्कालै हुने पनि छैन । केही समय लाग्ला । तर यही रुपमा दुई पक्ष रहन भने सम्भव देखिंदैन । त्यसैले प्रचण्ड भन्न थालेका छन्– तत्कालै ओलीलाई हटाउन सकिएला जस्तो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार