उच्च शेयरमूल्य भएका ‘टप टेन’ कम्पनी ?
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १८:५४:३५
१७ बैशाख, काठमाडौं । शेयरबजारले उकालो यात्रा तय गर्दा यी दश कम्पनीको शेयरमूल्य भने उच्च छ । उच्च मूल्य हुने कम्पनीको शिर्ष स्थानमा यूनिलिभर कम्पनी रहेको छ । शेयरबजारमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा उच्च शेयरमूल्य भएको कम्पनी युनिलिभर नेपाल हो ।
युनिलिभर नेपाल
युनिलिभर नेपालको शेयरमूल्य अहिले १९ हजार ६२ रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो ।
राष्टिय बीमा कम्पनी
यसैगरी दोस्रो उच्च मूल्य भएको कम्पनीमा राष्टिय बीमा कम्पनी रहेको छ । जसको शेयरमूल्य १६ हजार ८९० रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य एक समयमा २२ हजार ८५० रुपैयाँसम्म पुगेको थियो ।
साल्ट ट्रेड कम्पनी
तेस्रो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेड कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० हजार १०० रुपैयाँ रहेको छ ।
बोटलर्स नेपाल तराई
उच्च मूल्य हुने चौथो नम्बरमा बोटलर्स नेपाल तराई रहेकाे छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९ हजार २०० रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य पनि दश हजार रुपैयाँसम्म पुगेको थियो ।
बिशाल बजार कम्पनी
उच्च शेयरमूल्य हुनेमध्येको पाँचौ नम्बरमा बिशाल बजार कम्पनी रहेको छ । हाल कम्पनीको प्रतिकित्ता शेयरमूल्य ५ हजार ९९ रुपैयाँ रहेको छ । उच्च शेयरमूल्य हुनेमध्येको छैटौं नम्बरमा जनउत्थान सामुदायिक लघुवित्त कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयरमूल्य ४६८५ पुगेको छ ।
हिमालयन डिष्टिलयरी
उच्च शेयरमूल्य हुनेमध्येको सातौ नम्बरमा हिमालयन डिष्टिलरी रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४४ सय ६५ रुपैयाँ पुगेको छ ।
सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट
शेयरबजारमा उच्च शेयरमूल्य भएको आठौं नम्बरमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट कम्पनी पर्दछ । हाल कम्पनीको शेयरमूल्य ३८५० रुपैयाँ रहेको छ ।
नेशनल माईक्रोफाइनान्स कम्पनी
हाल नेशनल माईक्रोफाइनान्स कम्पनीको शेयरमूल्य ३२६० रुपैया रहेको छ । त्यस्तै दसैं नम्बरमा महिला लघुवित्त रहेको छ । लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ३१ सय ३५ रुपैयाँ पुगेको छ ।
महिला लघुवित्तले ४४ दिन अगाडि अर्थात चैत ३ गते नेप्सेमा आईपीओ सूचीकृत गरेको थियो । चैत ४ गतेदेखि कम्पनीको नेप्सेमा कारोबार सुरु भएको हो । करिब साढे १ महिनामै कम्पनीको शेयरमूल्य ३१ सय रुपैयाँ बढि पुगेको हो । यो हालसम्मकै छोटो अवधिमै तीन हजार नाघेको पहिलो कम्पनी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार