मंगलबार , जेठ ४, २०७८

जुम्लाको गुठिचौरमा जुस उद्योग स्थापना

जुम्लाको गुठिचौरमा जुस उद्योग स्थापना

१७ वैशाख,खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउए ।

असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने अध्यक्ष भण्डारीले बताए । करिब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने गाउँपालिकाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहबाट सहजीकरण हुने र गाउँमै सडक पुगिसकेको तथा नेपालका विभिन्न बजारमा माग अनुसार बिक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताए ।

बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञको भनाइ छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाख लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारी गाडीमै काठ तस्करी:- वन कर्मचारीमाथि दवाव र प्रभाव चर्को सरकारी गाडीमै काठ तस्करी:- वन कर्मचारीमाथि दवाव र प्रभाव चर्को १६ घण्टा पहिले
कोरोनाबाट चितवनमा ११ संक्रमितको मृत्यु कोरोनाबाट चितवनमा ११ संक्रमितको मृत्यु २२ घण्टा पहिले
निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स २३ घण्टा पहिले
आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !! आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !! १९ घण्टा पहिले
रोजगारी गुमाएका ५२७ घरधुरीलाई निशुल्क विद्युत् रोजगारी गुमाएका ५२७ घरधुरीलाई निशुल्क विद्युत् २० घण्टा पहिले
संसदकाे सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्दै सेना संसदकाे सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्दै सेना १३ घण्टा पहिले
भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा १८ घण्टा पहिले
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित २ घण्टा पहिले