मंगलबार , जेठ ४, २०७८

सयौं कारणमा सुपुष्पा र दिपक बने रोमान्टिक

सयौं कारणमा सुपुष्पा र दिपक बने रोमान्टिक

गीतकार प्रल्हाद शाहको नयाँ गित भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता चर्चित गितका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गित सार्वजनिक गरिएको हो। सार्वजनिक गितमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन्। भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

डिल्लीबजारमा रहेको होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया, युके, अमेरिका, न्युजिल्यान्ड, क्यानाडा लगाएत युरोपका केहि देशहरुमा बिद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने काम गर्दछ। उक्त कन्सल्टेन्सीले टोफल तथा आइल्टसका कक्षाहरु पनि संचालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय