ठाकुर पक्ष पुग्यो निर्वाचन आयोग
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २०:२७:३३
१७ बैशाख, काठमाडौं । सत्ताको साँचो रहेको भनिएको जनता समाजवादी दल भित्रको रडाको अब निर्वाचन आयोग पुगेको छ । लुम्बिनी प्रदेशका चार जना सांसद् पदमुक्त गरिएको निर्णयप्रति असहमति जनाउँदै पार्टीको एउटा पक्ष आज आयोग गएको हो ।
पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशका चारजना सांसद्लाई पदमुक्त गरिनु गैरकानूनी भएको भन्दै पुनवहाली गर्न माग गरिएको छ । जसपा कार्यकारिणी परिषदको वहुमत सदस्यको सहमतिमा भएको निर्णय बमोजिम चार जनालाई पदमुक्त गर्न पत्राचार गरिएको थियो । सोही पत्र बमोजिम सभामुखले हिजो मात्रै चारैजनालाई पदमुक्त गरेका हुन् ।
गएको साता मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सोही दिन जसपाका चार जना सांसद्लाई समेटेर मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका थिए । उक्त घटनामा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले गम्भिर आपत्ति जनाएको थियो ।
यही समूहको वहुमत रहेको कार्यकारिणी परिषदले चार जना सांसद्लाई हटाउन सिफारिश गरेको थियो तर महन्थ ठाकुर पक्षले भने कार्यकारिणी परिषदको निर्णयमा आपत्ति जनाएको छ । आज निर्वाचन आयोगमा बुझाइएको पत्रमा गएको पुष ७ गतेपछि अहिलेसम्म औपचारिक रुपमा परिषद बैठक नबसेको दावी गर्दै उक्त निर्णय अवैध रहेको दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार