भारतले तत्कालै खोप निर्यात सुचारू नगर्ने
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २१:३:७
१७ वैशाख, काठमाडौं । छिमेकी देश भारतले कोरोनाविरुद्धको खोप निर्यात तत्काल सुचारु नगर्ने भएको छ । भारतमा संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेपछि आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको हाे ।
सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप आन्तरिक रुपमा प्रयोग गर्ने नीति भारतले लिएपछि अहिले निर्यात रोकिएको छ । भारतको यो नीतिले पहिला नै भुक्तानी गरिसकेका नेपाल लगायतका अन्य छिमेकी मुलुकहरु प्रभावित भएका छन्। तर, भारतले तत्कालै निर्यात सुचारू नगर्ने जानकारी दिएको छ ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङगलाले पनि तत्कालै खोप अन्य मुलुकमा निर्यात नगर्ने संकेत गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गदै भारतिय विदेश श्रीङ्गलाले भ्याक्सीन सप्लाई गर्ने सम्बन्धमा केही पनि बताएनन्। अहिले विशेषतस नेपाल र बंगलादेशले पहिला नै भुक्तानी भइसकेको खोप उपलब्ध गराउन भारत सरकारसँग ताकेता गरिरहेका छन्।
भ्याक्सिन उप्पादन गरेपछि भारतले संसारका ९० भन्दा बढी मुलुकलाई अनुदान वा व्यापारिक हिसाबले खोप उपलब्ध गराएको छ । यतिवेला भने भारत आफैले अमेरिका लगायत अन्य मुलुकबाट खोप ल्याउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार