वैदेशिक रोजगारीमा रहेकाको सारथी बन्दै आप्रवासी परियोजना
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २०:५९:४९
१७ वैशाख,गलकोट । बागलुङ नगरपालिका–६ कालीमाटीकी एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले आफूलाई सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरिएको जनाउँदै पटकपटक आत्महत्या गर्न खोजेकी उनी अहिले सहज दैनिकी र लयमा फर्किएकी छन् ।
उनी पाँच पटक सम्म आत्महत्या गर्न बाध्यात्मक अवस्थामा पुग्नाको कारण पतिको वैदेशिक रोजगारी भएको बताउँछिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले गाउँमा कोही सँग बोल्दा र अप्ठ्यारामा कसैको सहयोग लिँदा पनि विभिन्न नैतिक प्रश्न खडा गरी समाजले तिरस्कार गर्न थालेपछि आत्महत्याको योजनामा पुगेको उनको भनाइ छ ।
उनलाई सुरक्षित आप्रवास परियोजनाका सहयोगमा मनोपरामर्शसहित चिकित्सकको सल्लाह, उपचार र औषधि सेवन गराइएको छ । बागलुङमा डेढ वर्षदेखि सञ्चालन भएसंँगै सामीबाट बागलुङ ती महिला जस्तै धेरैले समयमै मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप पाएपछि सहज जीवनयापनको अवसर पाएका छन् । सामीले मनोपरामर्श मात्रै हैन, सीपसहित विप्रेषणको सदुपयोग गर्न सिकाएर यहाँका महिलालाई उद्यमीसमेत बनाएको छ ।
कालीमाटी निवासी लक्ष्मी सुनारका श्रीमान् वैदेशिक रोजगारीमा छन् । उनले सामीले सञ्चालन गरेको विप्रेषणको सदुपयोगसम्बन्धी वित्तीय साक्षरता तालीम लिएपछि कुखुरापालन व्यवसाय थालेकी छिन् । उनले श्रीमानको कमाइ सदुपयोग गर्न र आगामी दिनमा उनलाई वैदेशिक रोजगारीमा नपठाउनका लागि कुखुरा फर्म सञ्चालनमा ल्याइएको बताइन् । उनले शुरुमा दुई सय र दोस्रो चरणमा चार सय ब्रोइलर कुखुरा उत्पादन गरी बिक्री गरिसकेकी छिन् । अब सुनारको आगामी दिनमा कुखुरा पालनलाई बढाउँदै लैजाने र श्रीमान्लाई समेत स्वदेश फर्काउने योजना छ । स्विस र नेपाल सरकारको साझेदारीमा सञ्चालित कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएपछि वैदेशिक रोजगारीका कारण आउने सामाजिक, पारिवारिक तथा मानसिक समस्या केही मात्रमा भए पनि न्यूनीकरण भएका छन् ।
जैमिनी नगरपालिका–५ बीनामारेकी बीना सुनारका पति दिनेश विक कतारमा बिरामी परेपछि नेपाल आइन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा २०७६ असार २६ गते निधन भयो । विकको निधनपछि वैदेशिक रोजगारी बोर्डबाट पाउनुपर्ने रु पाँच लाख प्राप्त हुन सकेन । उनले लामो समयदेखि उक्त रकम पाउन नसकेपछि परियोजनाले गाउँ भ्रमणका समयमा उक्त कुरा बाहिर ल्याएसंँगै श्रीमान् बितेको लामो समयपछि उनले पाँच लाख मृत्यु दावी रकम प्राप्त गरिन । परिवारमा जानेबुझेको कोही नभएका समयमा परियोजनाका समन्वयमा रु पाँच लाख पाइएको सुनारको भनाइ छ ।
परियोजनाले गर्ने सूचना प्रभाव, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप, तालीमका कारण वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । शव ल्याउन सहजीकरण, रोजगारीमा ठगिएकाको मुद्दा लड्ने, न्याय दिलाउने तथा मानसिक रुपमा समस्यामा परेकालाई पुरानै दिनचर्यामा फर्काउने काम गर्दै आइएको परियोजना बागलुङका कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिए ।
“सूचना, न्याय, मनोपरामर्श, वित्तीय साक्षरता र सीपमूलक तालीमका लागि सुरक्षित आप्रवासन परियोजना बागलुङका चार पालिका हेर्ने गरी डेढ वर्षअघि मात्रै स्थापना भएको हो”, उपाध्यायले भने “तीनवर्षे कार्यक्रमअन्तर्गत जिल्लाका १० पालिकामध्ये बागलुङ, जैमिनी र गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालित छ भने समग्र जिल्लाका लागि जिल्ला प्रशासनको राहदानी शाखा नजीकै कार्यालय स्थापना गरी काम भइरहेको छ ।”
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनु नै वैदेशिक रोजगारीको शुरुको काम भएकाले बनाउनेको विवरणसंँगै पाँच कार्यक्रमका विषयमा जानकारी गराउँदै आइएको तथा पालिकामा मनोपरामर्शदाताका सहयोगमा घरमै पुगेर वैदेशिक रोजगारीका कारण मानसिक तनावमा परेकालाई परामर्श गरिन्छ ।
परियोजनाले बागलुङमा वैदेशिक रोजगारीसँग जोडिएका ५६ मुद्दामा सहयोग गरी रु एक करोड ८६ लाख फिर्तासमेत गराएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगिने बढ्न थालेपछि परियोजनाले ठगिएकाको रकम फिर्ता गर्नमा समेत सहयोग पु¥याएको छ । नेपाल र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता, सामी हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय पालिकाको सञ्चालन तथा बिवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित परियोजना सञ्चालनमा आएको हो ।
वैदेशिक रोजगारीमा जानुअघि, रोजगारीमा छँदा, उनीहरुले पठाएको रकम सदुपयोगदेखि रोजगारीबाट फर्केपछि र कारणवश मृत्यु भएकाको शव नेपाल ल्याउन समेत उक्त परियोजनाले काम गरेको परियोजना व्यवस्थापन गरिरहेको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए । शर्माका अनुसार परियोजना शुरु भएपछि विभिन्न कारणले नेपालमा शव ल्याउन समस्यामा परेका पीडित परिवारलाई सहयोग गरी हालसम्म आठ शव नेपाल ल्याइएको छ । धेरैलाई निःशुल्क सीपमूलक एकमहिने तालीम दिएपछि कति विदेश नगई नेपालमै स्वरोजगार बन्न थालेको र केहीले विदेश गए पनि राम्रो आम्दानी गर्न सकेको उनको भनाइ छ ।
नेपालका बढी वैदेशिक रोजगारीमा जाने ३९ जिल्लाका १५६ पालिकामा लागु गरिएको परियोजना विशेष गरी खाडी मुलकमा जाने नेपालीका लागि काम गर्दै आइरहेको छ । हालसम्म बागलुङबाट ८२ हजार ४४१ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेश गएको तथ्याङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार