मंगलबार , जेठ ४, २०७८

भयावह अन्त्य गर्न निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

भयावह अन्त्य गर्न निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

१७ वैशाख,मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अवस्था हेरर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफलपश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिए ।

उनले सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको र यहाँ पनि कोरोना नियन्त्रणका लागि सावधानीको पूर्वतयारीका रूपमा निषेधाज्ञा लगाउनुपर्ने हुन सक्ने बताए । मुख्यमन्त्री राईले निषेधाज्ञाको अवस्थामा गरीब एवं विपन्नहरुको आवश्यकतालाई ध्यानमा राखी उद्योग, व्यापारी र नागरिक समाजको सहयोगमा विगतको अनुभवका आधारमा सरकारले काम गर्ने विचार व्यक्त गरे।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले संक्रमितको सङ्ख्या जतिसुकै वृद्धि भए पनि उपचारमा कुनै कमी हुन नदिन यस क्षेत्रका निजी अस्पताल, शिक्षण अस्पताललगायतसँग आवश्यक सम्झौता गरी उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लामा स्थानीयस्तरमा कोरोना संक्रमितको सहज र गुणस्तरीय उपचारका लागि सम्पूर्ण जिल्लामा २० शय्याको आइसोलेसन र उपचार कक्ष निर्माणका लागि आवश्यक निर्देशन एवं बजेट व्यवस्था गरिएकाले बिरामीको स्थानीयस्तरमा उपचार हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेशको खुला सीमा क्षेत्रमा आवश्यक जाँचमा कडाइ गर्नाका साथै मुख्य सीमा नाकाहरु गौरीगञ्ज, भाण्टाबारी, रानी, काँकडभिट्टा, पशुपति नगरसहित जिल्ला प्रवेशद्वारका रुपमा रहेको सोलु, ओखलढुङ्गा, खोटाङमा होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माणका लागि निर्देशनसहित बजेटका व्यवस्था गरिएको जानकारी दिए ।

सामाजिक विकासमन्त्री उषाकला राईले संक्रमितको उपचारका लागि विशिष्टीकृत सेवासहित आवश्यक जनशक्तिको व्यवस्था गरिएकाले केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले केन्द्रलाई भविष्यमा आवश्यक पर्ने जनशक्ति करारमा उपलब्ध गराउने जानकारी दिए ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सञ्चालित नागरिक केयर सेन्टर आजदेखि पुनः सञ्चालन भएको छ । सेन्टर र केन्द्रको गरी १८० शय्यामध्ये २८ भेन्टिलेटर आइसियु र बाँकी सबै शय्या अक्सिजन र एचडियू रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रिय कमरेड, तपाईहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ: उपप्रधानमन्त्री पोखरेल प्रिय कमरेड, तपाईहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ: उपप्रधानमन्त्री पोखरेल २४ घण्टा पहिले
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश १५ घण्टा पहिले
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित ३ घण्टा पहिले
तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २४ घण्टा पहिले
जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना २३ घण्टा पहिले
सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुख व्यक्त २३ घण्टा पहिले
कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु २ घण्टा पहिले
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह २३ घण्टा पहिले