निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २२:३०:५०
१७ वैशाख,दमौली । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ ।
जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।
चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सहभागी बैठकले पुल सम्पन्न नहुँदासम्म तनहुँ र चितवन जिल्ला समन्वय समितिको नेतृत्वमा संयुक्त अनुगमन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए । “दुई÷दुई पटक पुल क्षतिग्रस्त हुनुको मुख्य कारण के हो र कसको लापरवाही हो भन्ने विषयमा छलफल पश्चात् छानबिनका लागि मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ”, उनले भने ।
गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल देवघाटधाम हुँदै मुक्तिनाथ करिडोरलाई जोड्ने गरी देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश भई रु २१ करोड लागत रहेको पुल यही वैशाख १२ गते दोस्रो पटक भत्किएको थियो । यसअघि गत चैत २४ गते सो पुलको केही भाग भत्किएको थियो । वैशाख १२ गते पुल भाचिँदा नदीमा खसेर दुई जनाको मृत्यु भएको थियो ।
बैठकमा तनहुँबाट जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय समितिका सदस्य एवं प्रवक्ता गुरुङको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार