मंगलबार , जेठ ४, २०७८

वीरगञ्जलाई बचाउन एसएमएसमार्फत दवावस्वरुप स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

वीरगञ्जलाई बचाउन एसएमएसमार्फत दवावस्वरुप स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

१७ बैशाख, काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरस महामारीको दोस्रो कहर जारी छ। पहिलेभन्दा अझ बढी क्षति भइरहेको छ। संक्रमितले अहिले अधिकांश अस्पताल भरिभराउ छन्। बेड पाउनै मुश्किल छ। भारतसँग खुल्ला सीमानाका जोडिएको पर्सा जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण  हुने र संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या उकालो लाग्ने क्रम रोकिने कुनै छाँटकाँछ छैन ।

दिनप्रतिदिन संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । बिहिवारदेखि स्थानीय प्रशासनले पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेपनि अन्य व्यवस्थापनमा भने सरोकारवाला चुकेको जनता समाजवादी पार्टी ‘जसपा’ का युवा नेता तथा सामाजिक अभियानता ओमप्रकाश सर्राफले नेपालबहस डटकमलाई बताएका छन् । स्थानीय सरकारले आफ्नो बलबुँताले भ्याउनेसम्मका कामहरु गरीरहेको भएपनि यता प्रदेश नम्बर २ सरकार र संघिय सरकार भने आफ्नो जिम्मेवारीबाट पन्छिएको आभाष नागरिकले गरेका छन् । सोही गैरजिम्मेवारपनलाई ध्यानाकर्षण गराउन वीरगञ्जका समाजसेवी तथा अभियानाहरु जागरुप भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्राफको सक्रियतामा स्वास्थ्यमन्त्रीलाई एसएमएस पठाउने अभियानको थालनी गरिएको छ । कोरोना भाइरसले थला परेको वीरगञ्जमा हालसम्म कोरोना विशेष अस्पताल नबनाउनु, जनशक्तिको अभाव, परीक्षणको फितलो व्यवस्थापन, भ्याक्सिनको अभाव लगायतका समस्याहरुबाट गुज्रिरहेको छ ।

फलस्वरुप संघिय स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई ध्यानकर्षण गराउँदै शुक्रवारदेखि एसएमएस पठाउने अभियानको थालनी गरिएको युवा नेता सर्राफले बताए । ‘नमस्ते स्वास्थ्य मन्त्री ज्यु, तपाई के गर्दै हो ? वीरगञ्ज कोरोनाले थला परिसक्यो । वीरगञ्जमा थप जनशक्ति पठाउनु, थप कोरोना अस्पताल बनाउनु, हटस्पटहरुमा तुरुन्तै भ्याक्सिन उपलब्ध गराउनु ।’ सर्राफका अनुसार यही एसएमएस अहिलेसम्म १ सय भन्दा धेरै युवा एवम् अभियानताहरुले पठाइसकेका छन् । स्वास्थ्य मन्त्री त्रिपाठीको सम्पर्क नम्बर ९८५१००२२२२ मा दवावस्वरुप खबरदारी गर्न अरुलाई पनि एसएमएस पठाउन सर्राफले अपिल गरेका छन् ।

दैनिक संक्रमणदर नेपालमा बढ्दो छ ।  यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पीसीआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विधिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगैदेशभर सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ।

योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ। गत २४ घण्टामा ९२८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ५५ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ।

तपाई हामी सबैले फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाईमा सरकार होइन, आममानिस नै निर्णायक हो। नियन्त्रण गर्न सक्ने हामीले नै हो। यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि १८ घण्टा पहिले
प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन २० घण्टा पहिले
ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण १७ घण्टा पहिले
संसदबाट नीति कार्यक्रम पास नुहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई संसदबाट नीति कार्यक्रम पास नुहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई २८ मिनेट पहिले
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित २ घण्टा पहिले
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने १९ घण्टा पहिले
डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर सहयोग डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर सहयोग २१ घण्टा पहिले
कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु १ घण्टा पहिले