किराना पसलमा आगलागी हुँदा पच्चीस लाखको क्षति
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २३:०:३५
१७ वैशाख,बनेपा । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका–२ घर भई सटर भाडामा लिई सञ्चालन गरेको दयाराम कोइरालाको किराना पसलमा बिहान करिब साढे १ बजे अचानक विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।
वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना संक्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।
आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताए । आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार