प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार ०:४१:२५
१७ वैशाख,ओखलढुङ्गा । करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो ।
कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई आज गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्यमा सामान्य समस्यासहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनी यही वैशाख १० गते विवाहका लागि चितवन पुगेर काठमाडौँ हुँदै १५ वैशाखमा जिल्ला फर्केका थिए । कोभिड संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको करदाता सेवा प्रमुख रिजालले बताए । आफूलाई संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयको सेवा बन्द गरिएको रिजालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
किसान महासंघ सुनसरीले मनायो गिरिजाप्रसाद कोइराला स्मृति दिवस
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार