नेपाल र भारतका ३५ नाकामध्ये २२ वटा बन्द हुने
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार ३:४९:११
१७ बैशाख, काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सीसीएमसी’ को बैठकले कोरोना महामारी बढ्दै गएकाले भारतसँगका धेरैजसो नाकाहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। हाल सञ्चालनमा रहेका ३५ नाकामध्ये २२ वटा नाका बन्द गरी १३ वटा मात्रै सञ्चालन गर्न सीसीएमसीको बैठकले सरकारलाई सिफारिस गरेको हो।शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले १३ वटा नाकामात्र सञ्चालनको सिफारिस गरेको हाे ।
बैठकले पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिट्टामोड, गौर, वीरगञ्ज, कृष्णनगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट नाका मात्र सञ्चालन गरी अरु सबै नाका बन्द गर्न सिफारिस गरेको हो।
यस्तै बैठकले बैंक तथा वित्तिय संस्थालाई एक चौथाई कर्मचारी मात्र राखेर सञ्चालनको अनुमति दिन सिफारिस गरेको छ। निषेध आदेश जारी भए पनि बैंक तथा वित्तिय संस्था खुल्लै रहेका छन्। यी संस्थामा ठूलो संख्यामा कर्मचारी रहँदा संक्रमणको जोखिम झन् बढ्ने भन्दै सीसीएमसीले सरकारलाई यस्तो सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो
चैत ७, २०८० बुधबार
रुसी सेनामा नेपाली भर्ना : १४० जनाका परिवारले दिए उद्धारका लागि आवेदन
माघ २७, २०८० शनिबार
भारतीय ग्राहकलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गका होटलमा यौन व्यवसाय सञ्चालन
माघ ५, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार