शनिबार , जेठ १, २०७८

राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब लगानी गर्ने

राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब लगानी गर्ने

१८ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल २ अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गते, मंगलबार दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपको बारेमा सम्पूर्ण विवरण यस प्रकारको छः

rast

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय